Incident Reports

एक महिलालाई भारत लैजान खोज्ने युवक गिरफ्तार

2015-07-11

Madhes, Mahottari, Samsi, Ward 1

 महोत्तरीको सम्सी नाकाबाट एक ३० वर्षीय महिलालाई भारत लैजान लागेको अवस्थामा सर्लाहीको गौरीशंकर-२ बस्ने २८ वर्षीय विरेन्द्र बैठालाई असार २५ गते प्रहरीले गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार विवाह गर्छु भनि महिलालाई ललाई फकाई भारत तर्फलैजान खोज्ने बैठालाई सम्सीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सम्सी-४ बाट गिरफ्तार गरेको हो । डीएसपी लोकेन्द्र श्रेष्ठकोअनुसार अहिले दुवैलाई प्रहरीको नियन्त्रण राखी अनुसन्धान भइरहेको छ । दुवैको अभिभावकलाई खबर पठाइ सकेकाले उनीहरू आएपछि थप जानकारी प्राप्त हुने डीएसपी श्रेष्ठले बताए । अजयकुमार साह

0 Comments