Incident Reports

पत्रकार सीता पोखरेलमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

2015-07-12

Bagmati, Bhaktapur, Bhaktapur, Ward 3

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका कोषाध्यक्ष सीता पोखरेलमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार पोखरेलमाथि समाचार संकलनको क्रममा भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका–३ मा एक समुहले आक्रमण गरी घाइते बनाएको थियो । आज एक प्रेस वक्तव्य जारी गर्दै घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ काठमाडौं शाखाका अनुसार यही असार २३ गते भक्तपुर जिल्लाको टिकाथली गाविसमा समाचार संकलन गरी घर फर्किनेक्रममा भक्तपुर सिरुटार– १ बस्ने सुवर्णा राउत, राजु राउत, भागीरथी राउत, किरण राउत र केदार राउतको समुहले दुब्र्यवहार गर्दै एक्कासि आक्रमण गरेका थिए । ‘नागरिकलाई सुसूचित गराउने दायित्वमा जुटेका पत्रकारमाथि भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो । महासंघ पत्रकार पोखरेलमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारवाही गरी पीडितलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ,’ महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments