Incident Reports

सामाजिक बहिस्कार गरिएको पीडितको गुनासो

2015-07-10

Lumbini, Rupandehi, Butwal

परपुरुषसँग अनुचित सम्बन्ध राखेको आरोप लगाउँदै आमा समूह र प्रहरीले गैरकानूनी सजाय दिएका कारण यहाँकी एक महिला विक्षिप्त बनेकी छन् । बुटवल उपमहानगरपालिका-१३, योगिकुटीकी २९ वर्षीया इन्दु खड्काले आफू सामाजिक अवहेलनामा परेको गुनासो गरेकी छन् । उक्त घटनाको कारण दुई छोराकी आमा इन्दु र अर्का छिमेकी दुई छोरीका बाबु ४२ वर्षीय नारायण खत्रीको गृहस्थी भत्केको छ । इन्दु, उनका पति देवराज खनाल र नारायण समेत तिनै जना पीडितको विचल्ली भएको छ । नारायणलाई हाल नेपाल प्रहरीको काठमाडौं महाराजगंज रानीबारीस्थित सुधार केन्द्रमा राखिएको छ । उनी भूपू सैनिक हुन् । मानसिक रूपमा पनि उनी ठिक छन् । तर, अनावश्यकरूपमा सुधार गृहमा राख्नुपरेको आफन्तको गुनासो छ । इन्दु दुई छोरा सहित घर नजिकैको कालिकानगरमा डेरा सरेकी छिन् । सामाजिक दुर्व्यर्वहारका कारण व्युटीपार्लर प्रशिक्षणको काममा पुनर्स्थापित हुन नसकेको उनको गुनासो छ । उनी यसअघि ब्यूटिपार्लरको प्रशिक्षण दिने गर्थिन् । छोराछोरीको पढाईको खर्चको जोहो पनि उनलाई धौ धौ परेको छ । इन्दुले मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँछिन् । इन्दुका पूर्वपति देवराजको पनि व्यावसाय समेत प्रभावित भएको छ । इन्दुले नारायणसँग आफ्नो अनुचित सम्वन्ध नभएको, उनका घर परिवारले शंकाको भरमा जबरजस्ती आरोप लगाउँदै सार्वजनिक गाली बेइजती गरेको र एकदिन प्रहरी कार्यालयमा लगेर थुनाएको बताउँछिन् । छिमेकमा एकै परिवार जसरी धेरै वर्षसम्म दुई परिवार मिलेर बसेकोमा शङ्काको भरमा अचानक यस्तो विपत्ति आइलागेको उनको दुःखेसो छ । नारायणसँग आफूले आठ लाख रुपियाँ लिनुपर्ने भएको र त्यसका लागि उसँग सर्म्पर्क गर्न खोज्दा प्रहरीको सुधार गृहमा प्रवेश गर्न नदिइएको उनले बताइन् । सुधार गृहमा राखिएका नारायण नजरबन्दमा जस्तै रहेको उनको दाबी छ । आफ्नो नारायणसँग पति पत्निको सम्बन्ध कायम गरी बस्ने उद्धेश्य नभएको उनले बताइन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिलिप घिमिरेले इन्दु विरुद्ध मुद्धा नभएपनि नारायण र उनीबीच अनुचित सम्वन्धको आरोप लागेकोले बुझ्ने क्रममा एकदिन थुनामा राखेको बताए । नारायणलाई आचरण सुधारको लागि काठमाडौं रानीबारीको सुधार गृहमा पठाइएको छ । इन्दुका अनुसार घटना गत चैत २७ गतेको हो । २६ गते नारायणलाई परिवारले प्रहरीको थुनामा पुर्‍यो । त्यसरात इन्दुका पति देवराज पनि घरमा आएनन् । २७ गते विहान आमासमूह जम्मा भई बोक्सी, वेश्या भन्दै गालीगलौज गरे । अनि प्रहरीले पनि गिरफ्तार गर्‍यो । १३ दिन पछि मात्र देवराज घर फर्किए । वैशाख १७ गते देवराजसँग अदालतबाट सम्बन्धविच्छेद भयो । गत माघ महिनामा स्वस्थानीको ब्रतको प्रसादी इन्दुले नारायणलाई खुवाएपछि दुई परिवारबीच तनाव बढेको इन्दुको भनाइ छ । अमृत गिरी
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments