Incident Reports

कीर्तिपुरमा जनमत सङ्कलन कार्यमा माओवादीको अवरोध प्रयास

2015-07-20

Bagmati, Kathmandu, Kirtipur, Ward 9

नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै नेकपा–माओवादीका कार्यकर्ताले आज कीर्तिपुरमा जनमत सङ्कलन कार्यमा अवरोधको प्रयास गरेका छन् । कीर्तिपुरको पाँगामा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको जनमत सङ्कलन कार्यलाई प्रभावित तुल्याउने उद्देश्यले ती कार्यकर्ताले मस्यौदा च्यातेका हुन् । पूर्व सभासद् पार्वती थापामगर नेतृत्वको टोलीले संविधानमा सबै पक्षको भावनालाई सम्बोधन नगरिकन संविधान जारी गर्न खोजिएकाले आफूले मस्यौदा च्यातेको जानकारी गराएका हुन् । उहाँले चार दलले आफ्नो स्वार्थलाई हेरेर मात्रै संविधानको पहिलो मस्यौदा ल्याएको, महिला आदिवासी, जनजाति तथा सीमान्तकृत समुदायको भावनालाई सम्बोधन नगरेको आरोप लगाए । माओवादीका कार्यकर्ताले अवरोध गर्न खोजे पनि सुरक्षाकर्मीको उपस्थितिमा जनमत सङ्कलन कार्य भने जारी रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments