Incident Reports

पूर्व माओवादी लडाकु हतियार सहित पक्राउ

2015-07-21

Karnali, Rukum West, Banfikot

लुटपाट तथा कर्तव्य ज्यानको मुद्दामा प्रहरीको खोजीमा रहेका आकार भनिने अन्दाजी ३५ बर्षका बलमान रोकालाई प्रहरीले पक्राउ गरेको छ । रुकुमको हुकाम ९ का आकारलाई गाउँमै लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी गोविन्द थपलियाले जानकारी दिनुभयो । रोकाको साथबाट नाइन एम एमको चाइनिज पेस्तोल, त्यसको पाँचवटा गोली र नगद २५ हजार पनि बरामद गरिएको डिएसपी थपलियाले जानकारी दिनु भयो । गएको बर्ष रुकुमको रन्मामैकोटको बुकी क्षेत्रमा यार्सा संकलनको क्रममा हर्के तामाङको हत्या तथा लुटपाटका साथै अन्य हिंसात्मक गतिविधीमा पनि उनको संलग्नता रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पूर्व माओवादी लडाकु समेत रहेका आकारको समूहले रुकुमको पूर्वी भेगमा आतंक मञ्चाउँदै आएको थियो । गएको बर्ष त्यही समूहका विकल्प भनिने संगम रोकालाई प्रहरीले पक्राउ गरेपछि यसवर्ष यार्सा संकलन क्षेत्रमा कुनै पनि लुटपाटका घटना नभएको प्रहरीको भनाई रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth noyouth
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports