Incident Reports

अश्लिल भिडियोबनाएर केटी साथीलाई यातना दिने पक्राउ

2015-07-25

Karnali, Humla, Simkot

सामाजिक सन्जाल फेसबुक र मोबाइलमार्फत् केटी साथीलाई मानसिक यातना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले हुम्ला, सिमीकोट गाविस–३ बस्ने २८ वर्षीय गमान रोकायालाई सिमीकोटबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । केटी साथीको अश्लिल तस्वीरहरु, भिडियो बनाइ सामाजिक सन्जालमा अपलोड गरी आफन्त र साथीहरुलाई पठाउनुका साथै धम्कीपूर्ण म्यासेजहरुसमेत पठाइ यौनकार्यका लागि पटक–पटक डरत्रास देखाएको आरोपमा रोकायालाई पक्राउ गरिएको हो । प्रहरीले रोकायालाई काठमाडौं ल्याइ विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports