Incident Reports

गियर अयल विवाद का कारण आफ्नै साथी को हत्या गर्ने पक्राउ

2015-07-28

Bagmati, Kathmandu, Chandragiri

काठमाडौंको म्हैपीमा भएको हत्याको कारण गाडीको गियरमा राख्ने तेलको विवाद रहेको प्रहरीले खुलाएको छ। साउन १ मा म्हैपीको सागर अटो मोबाइल वर्कसपका कामदार अशोक खड्काको हत्या भएको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले खड्काको हत्या अभियोगमा उमेशविक्रम बिष्टलाई पक्रेपछि बनाउन ल्याएको गाडीमा हालेको गियर ओयलको पैसा नबाँडेको झोकमा उनको हत्या भएको जानकारी दिएको हो। साउन १ मा बिहान साढे ७ बजे सागर अटो मोबाइल वर्कसपमा रहेको बा३च ५४११ नम्बरको गाडीभित्र खड्काको शव फेला परेको थियो। सोही ग्यारेजमा काम गर्ने उनलार्ई धारिलो हतियारले घाँटीमा प्रहार गरी अण्डकोषसमेत चिरी हत्या गरिएको थियो। महाशाखाले सोमबार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरण अनुसार खड्का १८ महिनादेखि सो वर्कसपमा काम गर्दै आएका थिए। विष्ट पनि सोही वर्कसपका कामदार हुन्। घटनाको अघिल्लो दिन बेलुका खड्का र विष्ट वर्कसप नजिकै रहेको मदिरा पसलमा गएका थिए। विष्टले रक्सी खाए पनि खड्काले भने खाएनन्। आधा घन्टा पसलमा बसेर खड्का बाहिरिए। विष्ट एक माना रक्सी खाएर वर्कसपमा फर्किए। बेलुका साढे ७ बजेतिर खड्का मिनरल वाटरको बोटलमा रक्सी लिएर वर्कसपमा फर्किएर दुवैले बाँडेर रक्सी खाएका थिए। मिनरल वाटरको बोतलमा ल्याएको रक्सीले नपुगेपछि खड्का पुनः बाहिर गएर थप रक्सी किनेर ल्याएका थिए। रक्सी खाने क्रममा वर्कसपमा बनाउन ल्याएको पिकान्टो कारमा राखेको गियर ओयलवापत वर्कसप सञ्चालकसँग खड्काले लिएको पैसाका विषयमा विष्टले कुरा निकाले। खड्काले पैसा एक्लै लिएर आफूलाई नदिएको भनेपछि दुईबीच विवाद सुरु भएको थियो। झगडा बढेपछि खड्काले वर्कसपमै काम गर्ने पुष्प श्रेष्ठलाई फोन गरेर विष्टले निहुँ खोजेर झगडा गरेको जानकारी गराएका थिए। महाशाखाको अनुसन्धान विवरण अनुसार अन्दाजि ११ बजेतिर दुवैबीच झगडा बढ्दा विष्टले वर्कसपमा रहेको गलले खड्कालाई हान्दा गाडीको सिसा फुट्यो। विष्टबाट जोगिन उनी सोही गाडीभित्र छिरे पनि उनी जोगिन सकेनन्। विष्टले गाडीको ढोका खोलेर गलले उनको घाँटीमा हानेपछि खड्का बेहोस भएका थिए। उनले खड्कालाई गाडी बाहिर निकाल्दा उनी छट्पटाएपछि पुनः गलले हान्दै गाडीभित्र रहेको कैंचीले खड्काको लिंग र अन्डकोषसमेत काटिदिएका दिए। महाशाखाका अनुसार खड्काको हत्यापछि शव कम्बलले छोपेर उनी म्हैपी हुँदै बसपार्क गएर बसेका थिए। भोलिपल्ट बिहान उनी कालीमाटी चल्ने माइक्रोबसमा चढेर थानकोट पुगी त्यहाँ रहेको मकालु वर्कसपमा काम गर्न बसेका थिए। घटना भएको ग्यारेजका अर्का कामदार सम्पर्कविहीन भएपछि खोजीमा जुटेको महशाखाको टोलीले आइतबार विष्टलाई खड्काको हत्या आरोपमा पक्रेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Fight
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Secondary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports