Incident Reports

स्वामी कमलनयनाचार्यका अनुयायी द्वारा महेन्द्रराजमार्गमा अवरोध

2015-07-29

नयाँ संविधानमा हिन्दुधर्मको ग्यारेन्टि हुनुपर्ने माग गर्दै कमलनयनाचार्यका अनुयायीहरुले महेन्द्रराजमार्ग आज बिहानैदेखि अवरोध गरेका छन् । कमलनयनाचार्यको आव्हानमा हिन्दु धर्मावलम्बीहरु राजमार्ग कब्जा गर्न उत्रिदा महेन्द्रराजमार्ग हुँदै पुर्वपश्चिम हिँडेका हजारौ यात्रु पानी समेत खान नपाउने जंगलमा अलपत्र रहेका छन् । राजमार्गको गैँडाकोट, दुम्कौली, रजहर, कावासोती, दुम्किवास, बर्दघाट, त्रिवेणी र सुनवलमा बन्दकर्ताहरुले भजनकिर्तन सहित प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् । विभिन्न धार्मिक संघसंस्था र मठमन्दिरका पदाधिकारीहरुको पहलमा बन्द आयोजना गरीएको नारायणी टोलसुधार समिति देबचुलीका अध्यक्ष बसन्त पोखरेलले बताए । उनले आफुहरुको माग सम्बोधन नभएसम्म शान्तिपुर्ण बन्द जारी रहने दाबी गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments