Incident Reports

यार्सा टिप्न गएको व्यक्तिको हत्या आरोप मा ३२ जना पक्राउ

2015-07-31

यार्सागुम्बा सङ्कलन गर्न बझाङको उच्च हिमाली भेग काँडा गाविस–३ को राइढुङ्गी लेक स्थानीय युवक धर्म बोहरा मृत भेटिएको घटनामा प्रहरीले घटनामा संलग्नताको आशङ्का ३२ जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार यार्सा सङ्कलनका क्रममा आफ्नो डेराबाट एक घन्टाको पैदल दूरीमा बोहरा मृत अवस्थामा भेटिएका थिए। करिब दुई दिनको पैदल यात्रापछि घटनास्थल पुगेको सीमा प्रहरी चौकी धुलीका प्रहरी नायब निरीक्षक धर्मानन्द जोशी नेतृत्वका टोलीले घटनामा संलग्नताको आशङ्का ३२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। मृतकका साला रामचन्द्र धामी, भाइ सबिन बोहरा र गणेश बोहराले यार्सा सङ्कलनका लागि रु पाँच लाखसमेत मृतक बोहराको साथमा रहेको प्रहरी समक्ष जानकारी दिए पनि सो रकमसमेत फेला नपरेको प्रहरीको भनाइ छ। “संलग्नताका आधारमा पक्राउ गरी अनुसन्धान थालेका छौँ”, जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले भने, “अनुसन्धानपछि मात्रै घटनाको बारेमा थाहा हुन्छ।” 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports