Incident Reports

नेकपा माओवादीका कार्यकर्ताले एम्बुलेन्स सञ्चालकलाई मोसो दले

2015-08-02

Province 1, Udayapur, Triyuga, Ward 16

सप्तेश्वरी एम्बुलेन्स सेवा समिति रामपुरठोक्सिला गाविस-७ का सञ्चालक समितिका पूर्वअध्यक्ष ५० भीमबहादुर खड्कालाई नेकपा माओवादी विप्लव नेतृत्वका कार्यकर्ताले साउन १७ गते मोसो दलेका छन् । एम्बुलेन्सको खरिद तथा सञ्चालनमा अनियमितता गरेको भन्दै माओवादीका जिल्ला सदस्य पूर्णबहादुर तामाङको नेतृत्वमा आएका सात जनाको समूहले पूर्वअध्यक्ष रामपुरठोक्सिला-७ लालबजारका खड्कालाई लालबजारचौकमा दिउँसो ५ बजे उनीहरूले मोसो दलेका हुन् । घटनापछि फरार भएका पूर्णबहादुर तामाङलाई लालबजार प्रहरी चौकीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयराज सापकोटाले जानकारी दिए । आरोपितलाई इलाका प्रहरी कार्यालय रामपुरमा राखी थप अनुसन्धान र कारबाही प्रकृया अगाडि बढाइएको डिएसपी सापकोटाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other political issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
INSEC

0 Comments