Incident Reports

दलितमैत्री संविधान माग गर्दै चक्काजाम , झडप हुदा प्रहरी सहित दर्जनौ प्रदर्शनकारी घाइते

2015-08-04

Bagmati, Kathmandu, Kathmandu

संविधानसभामा प्रतिनिधित्व गर्ने १० पार्टीका दलित भ्रातृ संगठनले अब बन्ने संविधान दलित मैत्री हुनुपर्ने माग गर्दै राजधानीको विजुलीबजारमा चक्काजाम गरेका छन् । उनीहरुले १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरेका थिए । जाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएका छन् । दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते भएका छन् । घाइते अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गरेका छन् । प्रहरी हस्तक्षेपको विराेध, गृहमन्त्री जवाफ माग अधिकार माग्दै दलित संघर्ष समितिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै व्यवस्थापिका संसदमा चर्को विरोध भएको छ । व्यवस्थापिका संसद बैठकमा एमाओवादी सांसद अग्नि सापकोटाले अधिकार माग्दै शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । 'के अब दलितले हक अधिकार माग्नै नपाउने?,' उनले भने,' शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेप गर्नेलाई कारवाही गर्नुपर्छ ।' दलित संघर्ष समितिले मंगलबार दश बजेदेखि ११ बजेसम्म अनामनगरमा प्रदर्शन गरेकाे थियाे । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सभासद सापकोटाले प्रहरी हस्तक्षेपबाट केही सांसदसमेत घाइते भएको बताए । कांग्रेस सांसद दीपक गिरीले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै घटनाको छानविन गर्न माग गरे । एमाले एमाले सांसद भानुभक्त ढकालले शान्तिपुर्ण आन्दोलनमा भएको प्रहरी दमनको एमाले संसदीय दलको तर्फबाट आपत्ति जनाए । उनले शान्तिपुर्ण आन्दोलनमा प्रहरी दमनको भत्र्सना गर्दै गृहमन्त्रीको जवाफ माग गरे । नेकपा मालेका सांसद अइन्द्र सुन्दर नेम्वाङ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, कांग्रेस मीन विश्वकर्मा, एमालेका जीतु गौतम विकले घटनाको भत्र्सना गर्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् । उनीहरूले गृहमन्त्रीले माफी माग्नु पर्ने माग गरेका छन् । मंगलबार विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते भएका थिए । दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते भएका हुन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Road block
Secondary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 10
Female Injured 3
National/Online Media

0 Comments