Incident Reports

राजविराजमा एक युवकको शव फेला

2015-08-01

Madhes, Saptari, Rajbiraj, Ward 2

राजविराज नगरपालिका–१ स्थित कपडा पसलमा झुन्डिएको अवस्थामा सोमबार साँझ एक युवक मृत अवस्थामा फेला परेको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका–४ निवासी २८ वर्षीय वसन्त साह रहेको प्रहरीले जनाएको छ । गत शनिबारदेखि बेपत्ता रहेको साहको खोजी गर्दा आज कपडा पसलको भित्री कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । सो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
National/Online Media

0 Comments

Related Reports