Incident Reports

आफ्नै आमाको हत्या गरेपछि पूर्पक्षका लागि जेलमा

2015-08-04

Madhes, Mahottari, Gaushala

आफ्नी आमाको हत्या गरेको आरोप लागेका यहाँका एक युवकलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाएको छ। गौशाला नगरपालिका– ७ बस्ने १८ वर्षीय युवक दिलीप सदालाई आफ्नै आमा ४५ वर्षीया करियादेवी सदाको हत्या गरेको आरोपमा आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो। युवक सदाले गत असार २५ गते बिहान ९ बजेको समयमा आफ्नी आमा करियादेवीलाई घाँटीमा फलामको बेल्चा प्रहार गरी हत्या गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदा विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। महिला करियादेवीले बिहानै रक्सी खाएर घरमा भएका सबैलाई गाली गरेपछि छोरा दिलीपले बेल्चाले घाँटीमा प्रहार गरेका थिए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports