Incident Reports

गुरुपुर्णिमाको विषयमा अनेरास्वियु र अखिल क्रान्तिकारीबीच झडप

2015-08-04

Bagmati, Bhaktapur, Suryabinayak, Ward 5

 गरुपूर्णिमाको विषयलाई लिएर भक्तपुरको दुई क्याम्पसमा विद्यार्थी सङ्गठनबीच झडप भएको छ। सानोठिमी क्याम्पसमा आज पढाइ भइरहेको बेलामा नेकपा–माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका विद्यार्थीले चारवटा कम्प्युटर तोडफोड गरेका छन्। साउन १५ गते एमाले निकट अनेरास्ववियू र अखिल क्रान्तिकारीबीच भएको कुटाकुटपछि आज पुनः पढाइ भइरहेको बेलामा तोडफोड भएको हो। तोडफोडपछि क्याम्पसको पढाइ अवरुद्ध भएको छ। सानोठिमी क्याम्पसका प्रमुख नरप्रसाद थापाले घटनाबारे जानकारी दिँदै उक्त दिन एउटा सङ्गठनले अर्को सङ्गठनको विद्यार्थीलाई कुटपिट गरेपछि मंगलबार त्यसको बदला लिन तोडफोड भएको बताए। दुवै विद्यार्थी सङ्गठनलाई राखेर छलफल गराउने प्रयास भइरहेको जानकारी दिँदै उनले सकेसम्म भोलिबाट पढाइ नियमित गराइने बताए। अनेरास्ववियूले गुरुपूर्णिमाका दिन गुरुहरुको सम्मान कार्यक्रम राखेपछि अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दा दुई सङ्गठनबीच झड्प भएको क्याम्पसले जानकारी दिएको छ। भक्तपुर क्याम्पसमा पनि गुरुपूर्णिमाको विषयलाई लिएर अनेरास्ववियू र नेपाल विद्यार्थी सङ्घबीच विवाद भएको छ। विवादपछि नेवि सङ्घले क्याम्पसका सहायक क्याम्पस प्रमुख सरोज तिमिल्सिनाको कार्यकक्षमा तालाबन्दी गरेका छन्। विद्यार्थीको मागलाई क्याम्पस प्रमुख उपाध्यायले वेवास्ता गर्ने र क्याम्पसमा तोडफोड तथा तालाबन्दी हुँदा पनि कानुनी प्रक्रिया सुरु नगरी क्याम्पस प्रमुखले मूकदर्शक भएको विद्यार्थीहरुको आरोप छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments