Incident Reports

पेट्रोल पम्पलाई लक्षित गरी बम विष्फोट

2015-08-05

Madhes, Bara, Mahagadhimai

बारामा बुधबार राती एउटा पेट्रोल पम्पलाई लक्षित गरेर बम विस्फोट गराएइको छ । महागढीमाइ नगरपालिका–२ स्थित शिव एण्ड शक्ति आयल स्टोर्सलाइ लक्षित गरी अज्ञात समुहले बम बिस्फोट गराएको प्रहरी चौकी बरियारपुरले जनाएको छ । पम्पको तेल भण्डारण गर्ने ट्याङ्कर नजिकै बिस्फोट भएपनि कुनै क्षति भने नभएको पम्पका संचालक भुलेन्द्र यादवले जानकारी दिनुभयो । बिस्फोटबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रबिन्द्र रेग्मीले बताउनुभयो ।

0 Comments

Related Reports