राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबारका लागि आह्वान गरेको बन्द हड्तालका कार्यक्रम झापामा फिर्ता लिने भएको छ।
संवाद समूहको सचिवालयले आज बिर्तामोडमा आयोजना गरेको छलफलमा बन्द फिर्ता लिन आग्रह गरेपछि बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको पार्टीका जिल्ला अध्यक्ष परशुराम मगरले जानकारी दिए।
पार्टीले विसं १८३१ साउन २२ मा नेपालको तत्कालीन लिम्बूवान राज्यलाई षड्यन्त्रपूर्वक ढङ्गले खोसिएको जनाउँदै सो दिनलाई कालो दिनका रुपमा स्मरण गर्दै आएको छ । रासस