Incident Reports

मलिक परिवारले न्याय नपाएकाप्रति आयोगको ध्यानाकर्षण

2015-08-07

Madhes, Saptari, Bode Barsain

राष्ट्रिय मानव अधिकार आयोगले सिरहाका मलिक परिवारले सहजै रुपमा इनारको पानी प्रयोग गर्नबाट वञ्चित भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिरहा धनगढी गाविस वडा–३ नयनपुरकी प्रमिला मलिक तथा उनका परिवारका सदस्यहरुले सहजै इनारको पानी प्रयोग गर्न अझै नपाएकाप्रति ध्यानाकर्षण भएको आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । सोही गाउँमा बस्ने रामअवतार महतोको घर अगाडि रहेको इनारबाट मलिक परिवारलाई लामो समयदेखि पानी झिक्न तथा प्रयोग गर्न नदिएको जानकारी पाएपछि आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरबाट अनुगमनका लागि टोली गएको थियो । आयोगले सरोकारवाला पक्षसँग छलफल गरी कसैलाई पनि सार्वजनिक स्थानको पानी प्रयोग गर्न वञ्चित गर्न नहुने भएकाले मलिक परिवारलाई बिनाहिचकिचाहट पानी प्रयोग गर्न आग्रह गरेको छ । मलिक परिवारलाई इनारको पानी प्रयोग गर्नबाट कसैले पनि रोक्न नपाउने आग्रह गरेपछि सिरहाका स्थानीय विकास अधिकारी, प्रहरी अधिकारी, स्थानीय दलित अधिकारकर्मीको रोहवरमा प्रमीलाको परिवारलाई अहिले सहजै रुपमा इनारबाट पानी प्रयोग गर्न दिइएको छ । मलिक परिवारलाई २००७ सालदेखि सार्वजनिक इनारबाट आफैले पानी निकाल्नबाट त्यस गाउँका माथिल्ला जातिका मानिसहरुले निषेध गराउँदै आएको र उनीहरुको परिवारलाई अरुले पानी झिकेर आलमोनियमको भाँडा, तसलामा भरिदिने गरेका थिए । नेपालको अन्तरिम संविधान, २०६३ र अन्तर्राष्ट्रिय कानुन तथा सिद्धान्तले जातीय विभेद् वा छूवाछूतलाई गैरकानुनी मानेको छ । त्यस्तै, जातीय छूवाछूत तथा कसुर र सजाय ऐन, २०६८ पूर्ण रुपमा कार्यान्वयन गर्न, गराउन आयोगले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments