Incident Reports

रुपन्देहीमा पनि आन्दोलन

2015-08-10

Lumbini, Rupandehi, Siddharthanagar, Ward 12

यसैबीच रुपन्देहीमा चाहिँ मधेसवादीहरुले बन्दको आह्वान गरेका छन् । भैरहवाबाट सलमान खानले पठाएको समाचार अनुसार मधेसी मोर्चाको बन्दले रुपन्देहीको जनजीवन प्रभावित भएको छ । ६ प्रदेशको सीमाकंनको विरोधमा मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी (राजेन्द्र महतो) र तराई मधेश सदभावना पार्टीले बन्द आहृवान गरेका हुन् । तराई मधेस लोकतान्त्रिक पार्टीका रुपन्देही अध्यक्ष अजय वर्माले प्रदेशको सीमांकन संसोधन नगरेसम्म मधेसमा आन्दोलन जारी रहने बताए । मोर्चाको बन्दले चोक हुदै सवारी साधनहरु सञ्चालनमा नआए पनि सिद्धार्थ राजमार्गको केही स्थानमा छोटो दुरीकाका लागि सवारी साधनहरु सञ्चालित छन् । भैरहवा बुटवल लगयत क्षेत्रहरुमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् । भैरहवाबाट छुट्ने लामो दुरीका सवारी साधनहरु भैरहवा बसपार्कमै थन्किएका छन् । शिक्षण सस्था, उद्योग, बजार, पसल, बैंक वित्तीय संस्थालगायत सबै बन्द रहेका छन् । भारतबाट आउने नेपालीहरु सीमा नाका बेलहियामा अलपत्र परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments