Incident Reports

लिपुलेक हिँडेका क्रान्तिकारी विद्यार्थी भारतीय सुरक्षाकर्मीद्वारा पक्राउ

2015-08-11

Sudurpashchim, Darchula, Apihimal

नेकपा ­माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार दार्चुलामा लिपुलेक मार्चपास तथा आमसभा गरेको छ। अखिल क्रान्तिकारीले 'राष्ट्रियता बचाऔं' अभियान चलाउँदा दार्चुलासंग भारतीय सीमा नाका जोडिएका क्षेत्रमा तनाव भएको छ। यहाँका स्थानीयले दिनभर सास्ती खोप्नुपरेको छ। उता भारतले कालापानी क्षेत्रमा थप सुरक्षा फौज परिचालन गरेको छ। जिल्ला सदरमुकामसंग जोडिएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा समेत भारतपट्टी भारतीय सुरक्षाकर्मीहरुले चेक जाँचमा कडाई व्यापक गरी अभियानमा आएका १० जनालाई नियन्त्रणमा लिएको छ। दार्जुला सदरमुकाम खलंगा पुगेका उनीहरुलाई भारतीय सिमावर्ती बजार धारचुला घुम्न गएका बेला सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो। 'लिपुलेक हाम्रो हो' अनेरास्ववियु क्रान्तिकारी लेखिएको टोपी लगाएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। प्रकाउ पर्नेमा खगेन्द्र कंडेल , सन्दीप गौतम , सिव गौतम , सुशील बस्नेत , दिनेश जमरकट्टेल , सुदर्शन पौडेल , पुजन खनाल ,मोहन आचार्य र अंकित तिवारी रहेको क्रान्तिकारी जनाएको छ। लिपुलेक सम्झौताले दुई छिमेकी देशले नेपालको राष्ट्रिय अखण्डता तथा स्वाधिनता माथि धावा बोलेको नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले बताए। त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले काठमाण्डौ–दार्चुला जागरण अभियान भारत र चीनलाई सचेत गराउने अभियान रहेको बताए। उनले यो अभियान भारतीय जनता विरुद्ध नभई शासकहरु विरुद्ध रहेको बताए।' जिल्लाका उत्तरी भेगका भारतसंग सीमाना जोडिएका गाविसका स्थानीयले भारतीय सुरक्षाकर्मीहरुको दुर्व्यवहार खेप्नुपरेको गुनासो गरेका छन । गुञ्जी, कुटी, कालापानी, नाभी, बुदी, कालापानी लगायत क्षेत्रमा काम गर्ने नेपाली कामदारहरुलाई यस अघि नै धारचुला फकाईरहेका थियो। सदरमुकामभन्दा माथिका भारतसित सीमा जोडिएका गाविसका स्थानीयले खलंगा आउन लगाईने तुईन पनि यही अगस्ट महिनाको पहिलो सातादेखि कडाई गरेको सुन्सेराका स्थानीय बिरा दत्त भट्टले बताए। 'माथिल्लो क्षेत्रमा काम गर्ने सम्पूर्ण नेपालीहरुलाई फकाईरहेकको छ उनले भने, 'अगस्ट सुरुदेखि नै सीमा क्षेत्रमा सुरक्षाकर्मी बढाएको छ, नेपालीहरुलाई आवतजावत गर्दा ४/५ दिन अघिदेखि नै खोज तलासी बढाएको थियो।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Entity CPN-M (baidya)
Actor 2 - Youth na
National/Online Media

0 Comments