Incident Reports

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलनमा

2015-08-16

Lumbini, Rupandehi, Lumbini Sanskritik

लुम्बिनी विकास कोषमा कार्यरत पुराना कर्मचारीहरुलाई बेवास्ता गरी नयाँ कर्मचारी भर्ना गरिएको विरोधमा त्यहाँको कर्मचारी युनियनले आन्दोलन सुरु गरेको छ। आन्दोलनका कारण कोषको प्रशासनिक काम पूर्णरुपमा ठप्प भएको छ। सङ्ग्रहालय, सूचना तथा पदाधिकारी कार्यालयमा ताला लगाइएको छ। कोषमा आबद्ध झन्डै २०० कर्मचारी कोषको प्रधान कार्यालय अगाडि पाल टाँगेर बसेका छन्। कर्मचारीहरुले पदाधिकारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका छन्। विगत लामो समयदेखि पटक पटक व्यवस्थापन पक्षसँग कोषमा कार्यरत कर्मचारीहरुको हक, हित र सुविधासम्बन्धी विभिन्न माग राख्दासमेत व्यवस्थापन पक्षले कुनै चासो नदेखाएको युनियनको भनाइ छ। व्यवस्थापन पक्षले कर्मचारी भर्नाका लागि लिएको विज्ञापनअनुसार कर्मचारी पदपूर्ति नगरी आफू अनुकूल नयाँ कर्मचारीहरु नियुक्त गरिरहेको विरोधमा आन्दोलन सुरु गरिएको युनियनका अध्यक्ष धु्रवनारायण पाण्डेले जानकारी दिए। युनियनले नियम विपरीत नियुक्त गरिएका सम्पूर्ण नयाँ कर्मचारीको नियुक्ति बदर गर्नुपर्ने, स्थायी कर्मचारीको बढुवा, खुल्ला एवम् सीमित प्रतियोगितात्मक परीक्षाको प्रक्रिया अविलम्ब प्रारम्भ गर्नुपर्ने, कार्यरत कर्मचारीहरुलाई अविलम्ब करारमा राख्नुपर्ने लगायतका माग अघि सारेको छ । साथै कर्मचारीहरुले कोषमा स्थायी सेवामा २०३९, २०४२ र २०६० सालमा नियुक्ति पाएका कर्मचारीको विनियमावलीमा संशोधन गरी बढुवा प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्ने, कर्मचारीहरुको ५० प्रतिशत कोष भत्ता अविलम्ब वृद्धि गरिनुपर्ने, युनियन अध्यक्षलाई कोषको कार्यकारिणी समितिको पदेन सदस्य बनाइनुपर्नेलगायतका आठ बुँदे माग पनि प्रस्तुत गरेका छन्। व्यवस्थापन पक्षले आफूहरुको मागको सुनुवाइ नगरी एकतर्फी रुपमा अगाडि बढे अनिश्चितकालीन हडताल र तालाबन्दी जारी राख्ने अध्यक्ष पाण्डेले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Other state institutions Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports