Incident Reports

आन्दोलनकारीले राजविराज सिंचाई कार्यालयमा आगो लगाए

2015-08-17

संविधानको प्रारम्भिक मस्यौदाको खारेजी माग सहित आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले सोमवार सप्तरी सदरमुकाम राजविराज स्थित कोसी पम्प चन्द्रनहर सिंचाई डिभिन–२ कार्यालयमा आगजनी गरेका छन्। बन्दको अवज्ञा गर्दै कार्यालय सञ्चालन गरेको भन्दै मोर्चाका कार्यकर्ताले कार्यालयमा अागाे लगाइिदएका हुन्। बिहान साढे ११ बजेतिर कार्यालयमा आगजनी गरिएको थियो। आगजनीका कारण कार्यालयको बैठक कक्षको फर्निचर लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन्। घटनाको जानकारी पाए लगत्तै पुगेको प्रहरी, बारुण यन्त्र तथा कार्यालयका कर्मचारीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ। यता मधेशी मोर्चा, थारु कल्याणकारीणी सभा, नेपाल सदभावना पार्टी लगायतकाहरुले गरेको बन्दका कारण सोमवार दोस्रो दिन पनि सप्तरीको जनजीवन ठप्प छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, बजार, पसल, उद्योग व्यवसाय तथा निजी तथा सामुदायीक शैक्षिक संस्थाहरु समेत बन्दका कारण पूर्ण ठप्प भएको हो। राजमार्गमा समेत बन्दकर्ताहरु ठुलो संख्यामा परिचालित रहेका कारण यातायात पूर्ण रुपमा ठप्प छ। बन्दका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको भारदह, रुपनी, कठौना, कदमाहा लगायतका खण्डमा सयौ सवारी साधन अलपत्र परेका छन्। भारदहमा मात्रै झण्डै ३ सय भन्दा बढी ट्रक, यात्रु बस लगायतका सवारी साधन अलपत्र रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments