Incident Reports

उद्योग वाणिज्य संघलाई दलहरुले थुने

2015-08-17

Lumbini, Banke, Nepalgunj

 थरुहट माग गर्दै आन्दोलनरत् थारुहट संयुक्त संघर्ष समितिको अगुवाईमा नेपालगन्ज उद्योग वाणिज्य संघमा तालाबन्दी गरिएको छ । थरुहट संघर्ष समिति र मधेसवादी दलहरुको संयुक्त मोर्चाले संघमा तालाबन्दी गरेको हो । संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, केन्द्रीय सदस्य सुनिलकुमार शर्मा लगायतका पदाधिकारीहरुलाई कार्यकक्ष भित्रै थुनेर संघमा तालाबन्दी गरिएको हो । संघीय समाजवादी फोरमका केन्द्रीय मो. इस्तियाक राईको नेतृत्वमा गएको टोलीले साझ साढे ६ बजेतिर संघमा तालाबन्दी गरेको हो । पदाधिकारीहरुलाई थुनेपछि आन्दोलनकारीहरुले त्रिभुवनचोकमा नाराबाजी र विरोध सभा गरेका छन् । संघले शुक्रबार मात्रै मध्यपश्चिमलाई अखण्ड राखेर प्रादेशिक राजधानी बाकेलाई बनाउनु पर्ने माग सहित धारणा सार्वजनिक गरेको थियो । त्यसको विरोधमा तालाबन्दी गरिएको संघका वरिष्ठ सदस्य समेत रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका नेता ललित रौनियारले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Tharu Organizations , Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth na
National/Online Media

0 Comments