Incident Reports

गाउँलेले सशस्त्रको क्याम्प घेरे, ६ घण्टाको तनाव नियन्त्रणमा

2015-08-16

सशस्त्र प्रहरीको क्याम्प हटाउनुपर्ने माग गर्दै स्थानीय गाउँलेहरुले सशस्त्रको सीमा सुरक्षा कार्यालय घेराउ गरेर इँटा, ढुंगा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको छ । सशस्त्रका एक जवानले गाउँका सामान्य किसानलाई आन्दोलनकारी भनेर निर्घात कुटपिट गरेपनि आक्रोशित गाउँलेहरु सशस्त्र प्रहरी विरुद्ध उत्रेका हुन् । सदरमुकामबाट ६ किलोमिटर टाढा रहेको विलासपुरस्थित क्याम्पलाई झुलनीपुर,बेलासपुर,लोहरौली,लुटपुरवा,प्रसिया र कुश्माका स्थानीयले चारै तिर घेरा हालेर प्रदर्शन र ढुंगा हानेका हुन् । उनीहरुले क्याम्प हटाउनुपर्ने माग गरेका छन् । नेपाल प्रहरीको टोली पुगेर स्थिति निन्त्रणमा लिएको छ । प्रदर्शनकारीले सशस्त्र प्रहरीकै लु २ प १७१२ नम्बरको मोटरसाईकलमा समेत आगजनी गरेका थिए । शसस्त्र प्रहरीले भिडलाई हटाउन अश्रु ग्यास प्रहार गरेको थियो । महिला बालबालिका, बृद्ध सबै प्रदर्शनमा सहभागी थिए । नेपाल प्रहरीको टोली पुगेर सशस्त्रलाई ब्यारेक भित्र पठाउन लगाएर स्थिति नियन्त्रणमा लिएको तराई मानवअधिकार रक्षक-थर्ड एलान्स)का संयोजक अधिवक्ता मनोज हरिजनले बताए । स्थानिय र शसस्त्र प्रहरी विच करिब ६ घण्टा चलेको दोहरो झडपमा तीन जना सशस्त्र प्रहरी र चार जना स्थानियबासी घाईते भएका छन् । गए राती सशस्त्र प्रहरीको कुटाईबाट थानिय २३ बषिर्य मुन्ना कहांर घाईते भएका थिए । उनको पृथ्वीचन्द अस्पताल परासीमा उपचार भईरहेको छ । टाउको,हातमा चोट लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Violent demonstration
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Injured 7
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports