Incident Reports

दाङमा मोटरसाइकल जलाइयो

2015-08-16

Lumbini, Dang, Tulsipur

दाङमा सोमबार राति एउटा मोटरसाइकलमा आगजनी भएको छ। अज्ञात समूहले देउखुरी सतवरिया ४ उचानिम्बु भन्ने स्थानमा लु१८प २५३२ नम्बरको मोटरसाइकलमा आगजनी गरेको हो। आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेको छ। नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई राति साढे १२ बजेतिर ७/८ जनाको युवाहरुको समूहले रोकी आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले जनाकारी दिए। मोटरसाइलकमा सवार रुद्रपुर रुपन्देहीका विष्णु प्रसाद रेग्मी र रुकुमकोट १ रुकुमकमा डिल्लीजंग शाहलाई उक्त समूहले कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ। उक्त समूहले सुरुमा मोटरसाइकल रोकेको र झोला खानतलासी गर्न खोज्दा प्रहरीलाई उजुरी गरिदिने भनेपछि मोटरसाइलकमा सवार दुई जनालाई कुटपिट गर्नुका साथै मोटरसाइकलमा आगो लगाइएको थियो। घाइते दुवैजनालाई लमहीमा उपचार गरी राति नै सार्वजनिक यातायातमार्फत बुटवल पठाइएको प्रहरीले जनाएको छ। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले गरेको बन्दका समयमा भएको आगजनीको घटनालाई प्रहरीले बन्दको नाममा फाइदा लुट्ने नियत भएको हुनसक्ने आशंका गरेको छ। अहिलेसम्म घटनाको जिम्मा कसैले पनि नलिएको र घटनाबारे अनुसन्धान भैरहेको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 7/8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports