Incident Reports

सुर्खेतमा शीर्ष नेताको शवयात्रा

2015-08-18

Karnali, Surkhet, Birendranagar

नागरिकहरुले आफूहरुका मागको सुनुवाई नगरेको भन्दै विरोध स्वरुप प्रमुख चार दलका शीर्ष नेताहरु र आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै गृहमन्त्रीको शवयात्रा निकालेका छन्। प्रदर्शनकारीहरुले मध्यपश्चिम टुक्राएको भन्दै शिर्ष नेताहरुको पुत्ला बनाएर वीरेन्द्रनगरमा शवयात्रा निकालेका हुन्। एघार दिन बितिसक्दा समेत नेताहरुले आन्दोलनको बारेमा कुनै चासो नदिएको भन्दै प्रदर्शनकारीहरुले शिर्ष नेताहरुविरुद्ध नाराबाजी समेत गरेका छन्।मध्यपश्चिमका भेरी र कर्णालीका जिल्लाहरुलाई सुदुरपश्चिममा गाभिएको विरोधमा यहाँका जनता अखण्ड मध्यपश्चिमको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले अखण्ड मध्यपश्चिम घोषणा नहुँदासम्म प्रदर्शन जारी रहने बताएका छन्। नौ दिनदेखिको बन्दका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ।जिल्लाका राजनीतिक दल, पेशागत संघ संगठनहरु र सर्वसाधारणहरुले वीरेन्द्रनगरमा छुट्टा छुट्टै प्रदर्शन गरिरहेका छन्।

मंगलबारबाट जिल्लाका सरकारी कर्मचारीहरु पनि सीमाकंनको विरोधमा कामकाज रोकेर सडकमा निस्किएका छन्। कर्मचारीहरुले जिल्लाका सबै सरकारी कार्यालयहरु बन्द गरेर नागरिकहरुले सुरु गरेको आन्दोलनमा सहभागि भएका छन्। कर्मचारीहरु 'सुदुरपश्चिम जाँदैनौं, बरु जागिर खाँदैनौं' भन्दै विरोधमा उत्रिएका छन्। उनीहरुले पनि प्रदेशको सीमाकंनलाई सच्याउनुपर्ने माग गरेका छन्। सुर्खेतमा आन्दोलन चर्किदै गएको छ । यसअघी आन्दोलन हिंसात्मक हुँदा प्रहरीले गोली चलाएको थियो। सो क्रममा जिल्लामा तीन जनाले ज्यान गुमाएका थिए। अखण्ड मध्यपश्चिमको माग गर्दै भेरी र कर्णालीका जिल्लाहरुमा दिनहुँ प्रदर्शन भइरहेको छ। जुम्लामा आइतवार साँझदेखि लगाइएको कफ्र्यु अझैं हटेको छैन । प्रदर्शनकारीहरुले मंगलवार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेका छन्। कर्फ्यु तोडेर आन्दोलनकारीहरुले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्। जुम्लामा आन्दोलन नियन्त्रण बाहिर गएको छ। यस्तै मंगलवार पनि दैलेख, जाजरेकोट, कालिकोट, र जुम्लामा प्रदर्शन भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org UML and affiliated org CPN (Maoist Center) and affiliated org CPN (Chand) and affiliated org Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments