Incident Reports

प्रशासन कार्यालयमा 'संघीय कर्णाली प्रदेश'को बोर्ड

2015-08-20

Karnali, Jumla, Chandannath

जुम्लामा आन्दोलनकारीले प्रशासनकाे सहयाेगमा जिल्ला प्रशासन कार्यालयमा संघीय कर्णाली प्रदेशको बोर्ड झुन्ड्याएका छन्। कर्णाली आन्दोलनको १२ औं दिन एकीकृत नेकपा माओवादीका नेता ललितजंग महतको नेतृत्वमा गएको टोलीले प्रशासन कार्यालयको बोर्ड फयाक्न लगाई संघीय कर्णाली प्रदेशको बोर्ड राखेको हो। प्रशासन कार्यालयमा संघीय कर्णालीको वोर्ड राख्न प्रहरी प्रशासनले नै सघाएको छ । निषेधित क्षेत्रबाटै आन्दोनकारीलाई लिएर कर्णाली संघीय प्रदेशको बोर्ड राख्न दिइएको हो । नेता महतले भने,'प्रशासन कार्यालयमा फोन गरेर बिहानै जानकारी गराएका थियौ, प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले कम संख्यामा आन्दोलनकारी आएर टास्न भनेपछि प्रहरीको सहयोगमै प्रशासन कार्यालयमा संघिय कर्णालीको बोर्ड झुण्डयाइएको हो ।' आन्दोलनका कार्यक्रम अनुसार प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा संघीय कर्णालीको बोर्ड टाँसिएको हो । संघीय कर्णाली प्रदेशको वोर्डको फोटो प्रहरीलेसमेत खिचेर मोवाइलमा सुरक्षित राखेका छन । शान्त बातावरणमा आन्दोलनकारीले राज्यलाई दबाव दिन गरिएका क्रियाकलाप दबाउने भन्दा पनि सहयोग गर्ने गरेमा कुनै अप्रिय घटना नघट्ने आन्दोलनकारीको अडान छ । प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले बाहिर प्रशासन कार्यालयमा राखिएको बोर्डबारे आफुलाई जानकारी नभएको बताए । 'के रैछ, हेर्छु,' उनले भने ।

0 Comments