Incident Reports

बन्दकर्ताद्वारा कपिलवस्तुमा दुई सवारी साधनमा आगजनी

2015-08-21

Lumbini, Rupandehi, Kanchan, Ward 4

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले कपिलवस्तुको शिवराज नपा-९ रुद्रपुरमा ०७२ भदौ ४ गते साँझ कृष्णनगरवाट चन्द्रौटातर्फजादै गरेको बा ९ ज ७९४१ नम्बरको बलेरो जिप र कोष तथा लेखा नियन्त्रण कार्यालयको बा १ झ४८४०नं को कारमा आगजनी गरेका छन् । मोर्चाका कार्यक्रर्ताले बन्द उल्लंघन गरेको भन्दै जिपमा रहेका यात्रुलाई ओराली जिपलाई सडकमै पल्र्टाई आगजनी गरेका थिए भने कोलोनिकाको कार भदौ ३ गते तोडफोड गरेपछि त्यही रहेको अवस्थामा ४ गते साँझ पेट्रोल खनाई आगजनी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। भदौ ३ गते जिल्ला प्रशासन कार्यालयमा आन्दोलनकारी दलका नेता तथा प्रमुख जिल्ला अधिकारीबीच भएको ४ बुँदे सहमतिमा आन्दोलन शान्तिपूर्ण गर्ने सहमति गरेको भएपनि मोर्चाका कार्यकर्ताले सहमति विपरित सवारी साधनमाथि तोडफोड र आगजनी गरेका हुन् । कपिलवस्तुमा बन्द १० औ दिनसम्म जारी रहेको छ । यसैगरी भदौ २ गते मार्यादेवि रेडीयोका स्टेसन म्यानेजर गुरुदेव पौडेलले समचार संकलनका क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि पार्किंग गरी राखिएको मोटर साइकलमा मधेशी मोर्चासँगको दोहोरो झडपपछि प्रहरीले तोडफोड गरेको र आन्दोलनको क्रममा प्रहरीले तथा प्रदर्शनकारीले पत्रकार तथा मानवअधिकारकर्मीलाई आक्रमणको प्रयास गरेको भन्दै नेपाल पत्रकार महांसघले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनाको विरोध गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
INSEC

0 Comments