Incident Reports

दाङका दङ्गाग्रस्त क्षेत्रका विद्यालय शुक्रबारसम्म बन्द

2015-08-26

Lumbini, Dang, Tulsipur

 दङ्गाग्रस्त घोषणा गरिएका स्थानमा रहेका जिल्लाका विभिन्न क्षेत्रका विद्यालय शुक्रबारसम्म बन्द रहने भएका छन्। मङ्गलबार जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सुरक्षा समिति तथा अन्य सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ती क्षेत्रमा पर्ने विद्यालय आगामी शुक्रबारसम्म बन्द रहने बताए। बैठकमा आफूहरु सुरक्षा दिन तयार रहेको तर जिल्लामा अझैै बन्द यथावत् रहेको, त्रासको वातावरणसमेत भएकाले केही दिन सञ्चालन गर्न नहुने सुझाव सहभागीबाट आएपछि बन्द गर्ने निर्णय भएको पनि प्रजिअ पौडेलले बताए। साथै, आजको बैठकले विद्यालय शुक्रबारसम्म बन्द गर्ने र त्यसपछि परिस्थितिअनुसार अगाडि बढ्नेसमेत सहमति गरेको जनाइएको छ। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments