Incident Reports

चितवन बन्दले जनजीवन प्रभावित

2015-08-27

Bagmati, Chitawan, Bharatpur, Ward 1

संयुक्त दलित अधिकार मञ्च नेपालले आह्वान गरेको चितवन बन्दले बिहीबार बिहानैबाट जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दले गर्दा लामा तथा छोटा दुरीका यातायातका सधान चल्न सकेका छैनन । बजार पसल बन्द छन् भने शैक्षिक संस्था ठप्प छन् । बजारमा नेपाल प्रहरी र शसस्त्र प्रहरी ठूलो मात्रमा परिचालन गरिएको छ । यात्रुबाहक बस र मालबाहक ट्रकलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य तर्फ पठाएको छ । केही सवारीसाधन सडकमै रोकेर राखिएको छ । संघीयतामा दलितलाई केन्द्रमा ३, प्रदेशमा ५ र स्थानीय निकायमा १० प्रतिशत थप कोटाको व्यवस्था गर्नु पर्ने, तत्काल छुवाछुत तथा विभेदमुक्त राष्ट्र घोषणा गर्नु पर्ने, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा दलितको १३ प्रतिशत प्रतिनिधित्वको ग्यारेण्टी गरिनु पर्ने लगायत १६ सुत्रीय माग राख्दै मञ्चले बन्द आह्वान गरेको हो । मञ्चमा आबद्ध कार्यकताले नारायणगढको पुल्चोकमा बसेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा दलित जनजाति पार्टीका विसेन्द्र पासवानको उपस्थिति छ । पञ्चेबाजा सहित प्रदर्शनमा उत्रिएका मञ्च सम्बद्ध कार्यकर्ता र प्रहरीबीच सडकमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन खोज्दा केही बेर घम्साघम्सी भएको थियो । प्रहरीले डेढ दर्जन बढी सवारीसाधनलाई सुरक्षित ठाउँ तर्फ पठाएको छ । सडकमा मोटरसाइकल, एम्बुलेन्स, दूध बोकेका साधनलाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिइएको छ । बजार बन्द भएपनि सर्वसाधरणको सडक र बजारमा बाक्लो चहलपहल देखिन्थ्यो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments