Incident Reports

गाैरमा एमाले पार्टी कार्यालय आगजनी प्रयास

2015-08-27

Madhes, Rautahat, Gaur

रौतहटको गौरमा रहेको एमाले पार्टी कार्यालयमा बिहीबार आगजनीको प्रयास गरिएको छ । छापामार शैलीमा मोटरसाईकलमा आएका आन्दोलनकारीले सुरक्षाकर्मीको अाँखा छल्दै बाहिरबाटै कार्यालयमा आगो फालेर भागेका थिए । आगजनीबाट कार्यालयको एउटा कुर्सी जलेको छ । घट्नास्थलमा तत्कालै सुरक्षाकर्मी पुगी आगो निभाएका थिए । गौर नगरपालिका–८ मा रहेका कार्यालयमा मोटरसाईकलमा आएका आन्दोलनकारीले बाहिरबाटै आगो फालेर भागेको जिल्ला प्रहरी प्रमुख एसपी प्रद्युन्न कार्कीले जनाए । एमाले सभासद् रामकुमार भट्टराईले कार्यालयमा पेट्राल बम प्रहार गरेको भन्ने सुन्नमा आएको तर यथार्थ पत्ता नलागेको बताए । प्रहरीले पेट्रोल बम नभएको जनाएको छ । बजारदेखी केही पर भित्र रहेको पार्टी कार्यालयमा आन्दोलनकारीले आगजनीको प्रयास गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments