Incident Reports

बन्दको विकल्प खोज्न माग गर्दै चितवनमा र्‍याली

2015-08-30

Bagmati, Chitawan, Bharatpur

चितवनका उद्योगी व्यवसायीले काम गरेर खाने वातावरण सिर्जना गर्न सरकार र सरोकारवाला पक्षसँग माग गरेका छन्। उनीहरुले आज चितवनको नारायणगढमा स्वतःस्फूर्त रुपमा शान्ति र्‍याली निकाली बन्दको विकल्प खोज्नसमेत आन्दोलनरत पक्षसँग माग गरेका छन्। व्यवसायी कुलप्रसाद शर्माले आफूहरुलाई राजनीतिबाट टाढा राखी काम गर्ने वातावरण दिन आग्रह गरे। व्यवसायीहरुले यसको नेतृत्व लिन भन्दै उद्योग वाणिज्य सङ्घ चितवनमा पुगेर दबाबसमेत दिएका छन्। सङ्घले आज सो विषयमा बैठक बसेर छलफल गर्ने जनाएको छ। उद्योग वाणिज्य सङ्घ चितवनले विभिन्न समूहको बन्द र आन्दोलनले लगातार उद्योग व्यवसाय प्रभावित भइरहेको भन्दै बन्द र हडतालका कार्यक्रमलाई रोकेर आन्दोलनको स्वरुप परिवर्तन गर्न अपिल गरेको छ। सङ्घका अध्यक्ष कल्याण जोशीले हरेक आन्दोलनको पहिलो मार नै उद्योगी व्यवसायी हुने गरेको भन्दै माग राख्न पाउनु अधिकार भए पनि आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार हनन गर्न नहुनेमा जोड दिए। लगातारको बन्दले व्यवसाय धरासायी भएको र करोडौँ ऋण लिएर व्यवसाय सुरु गरेकाहरुले ब्याजसमेत तिर्न नपाएको भन्दै यसतर्फ गम्भीर भइदिन आन्दोलनरत पक्ष र प्रशासनसँग जोशीले आग्रह गर्नुभएको छ। सङ्घले यसअघि एक विज्ञप्ति नै निकालेर भूकम्पको मारमा परेका व्यवसायीलार्ई बन्दले थप आघात पुर्‍याएको जनाएको छ। यता थारु कल्याणकारिणी सभा चितवनले आजदेखि हडताल घोषणा गरेको छ। आज गरेको बन्दका कारण चितवनको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। बन्दले स्कुल, उद्योग, कलकारखाना र बजारसमेत खुलेका छैनन्। बन्दकर्ताहरु विभिन्न चोकचोकमा बसेर प्रदर्शन गरिरहेका छन्। रोकिएका सवारी भने सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments