Incident Reports

सुतली बम विष्फोटमा परी तीन घाइते

2015-08-30

Province 1, Morang, Belbari

विराटनगर उमनपा -१५ स्थित एस लाल पम्पमा भदौ १३ गते सुतली बम विष्फोट हुँदा पेट्रोल लिन लाइनमा बसेका तीन जना घाइते भएका छन् । अपरिचित व्यक्तिहरू आएर सुतली बम विष्फोट गराउँदा विराटनगर उमनपा- १३ का २४ वर्षीय निरज साह, ठाउँका २५ वर्षीय अजय पाण्डे र सोही उमनपा -१५ का ३० वर्षीय तपेस दास घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये साहको दाहिने हातमा चोट लागेको, दासको आँखा नजिक चोट लागेको र पाण्डेको ढाडमा चोट लागेको छ । कोशी अञ्चल अस्पतालमा साहको, विराट आँखा अस्पतालमा दासको र मोरङ सहकारी अस्पतालमा पाण्डेको उपचार भइरहेको छ । घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको छ भने घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports