Incident Reports

रौतहटमा राजमार्गमा चन्दा असुल्ने पक्राउ

2015-08-30

Madhes, Rautahat, Chandrapur

पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी साधनलाई रोकेर चन्दा असुल गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय चन्द्रपुर नगरपालिका–३ रजपैराटोलका २८ वर्षीय किरण कुमार विश्वकर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। चन्द्रनिगाहपुर बजारदेखी पूर्वपट्टी राजमार्ग सडकखण्डमा पर्नेे चाँदे पुल नजिक अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैठौं राष्ट्रिय सम्मेलनको आर्थिक सहयोग उल्लेख गरिएको रसिद बेकेर सवारी साधनबाट चन्दा असुल्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका विशवकर्माको साथबाट पाँचसय ८० रुपैंया नगद र चन्दा रसिदसहित नियनत्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी अनुसनधान भइरहेको तथा चन्दा उठाउनमा संलग्न अन्य फरार भएकाहरुको खोजी भइरहेको प्रहरी निरीक्षक रुद्रकान्त झाले बताएका छन्। बन्दको मौका छोपेर प्रहरी प्रशासन शान्ति सुरक्षाका लागि अन्यत्र खटिएपछि उनले राजमार्गमा चन्दा उठाउने कार्य सुरु गरेको थियो । राजमार्गमा गुडिरहेका गाडीहरुलाइ रोकेर जवरजस्ती चन्दा मागेको गुनासोको आधारमा विश्वकमर्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Extortion
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports