Incident Reports

Two woman arrested for forcing young girls to engage in sexual activities

2015-08-31

District Police Office Palpa has arrested two women on Sunday for allegedly tempting a little girl and young woman to engage in sexual activities. 33-year-old Chetkala Baral and 30-year-old Debasha Karki from Baldhegadhi-2 VDC were arrested on the basis of complaint lodged by the victims in the police. In the complaint the victim's aged 15 and 18 years reported that the accused woman had forced them to engage in sexual activities by taking them to different places in Butwal. They also reported that the women were preparing to sell them, but they came to know about the incident and fled from hotel in Butwal where they were kept. DSP Suman Kumar Timilsina said that police is preparing to charge the arrested woman under human trafficking act. एक बालिका र एक युवतीलाई विभिन्न प्रलोभन देखाई यौन कार्यमा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले भदौ १३ गते दुई जना महिलालाई गिरफ्तार गरेको छ । बल्ढेगढी गाविस- २ का ३३ वर्षीया चेतकला बराल र ३० वर्षीया देवशा कार्कीलाई पीडितको जाहेरीको आधारमा गिरफ्तार गरिएको डिएसपी सुमनकुमार तिम्सिनाले बताए । आफूहरुलाई प्रलोभन देखाई बुटवलका बिभिन्न स्थानहरुमा लगि यौन कार्यमा लगाएको भन्दै बल्ढेँगढी गाविसकै १५ वर्षीया बालिका र १८ वर्षीया युवतीले भदौ १३ गते नै जिल्ला प्रहरी कार्यालय, पाल्पामा जाहेरी दर्ता गराएका थिए । राम्रो काम मिलाइदिने भन्दै लगेर आफूहरुलाई बुटवलका बिभिन्न होटलमा अरुसँग पैसा असुलेर यौन कार्यमा लगाएको र पैसा लिएर आफूहरुलाई बेच्ने तयारी भएको थाहा पाएपछि भागेर आएको पीडितले जाहेरीमा उल्लेख गरेको डिएसपी तिम्सिनाले बताए । आरोपितहरूलाई मानव बेचबिखन तथा ओसार पसार ऐनअर्न्तगत कारबाही अगाडि बढाइने उनले बताए । पीडितहरूको १४ गते नै जिल्ला अस्पताल, पाल्पामा स्वास्थ्य परीक्षण गरिएको छ ।

0 Comments