Incident Reports

प्रलोभन देखाई यौनकार्यमा लगाएको आरोपमा दुई जना महिला गिरफ्तार

2015-08-31

एक बालिका र एक युवतीलाई विभिन्न प्रलोभन देखाई यौन कार्यमा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले भदौ १३ गते दुई जना महिलालाई गिरफ्तार गरेको छ । बल्ढेगढी गाविस- २ का ३३ वर्षीया चेतकला बराल र ३० वर्षीया देवशा कार्कीलाई पीडितको जाहेरीको आधारमा गिरफ्तार गरिएको डिएसपी सुमनकुमार तिम्सिनाले बताए । आफूहरुलाई प्रलोभन देखाई बुटवलका बिभिन्न स्थानहरुमा लगि यौन कार्यमा लगाएको भन्दै बल्ढेँगढी गाविसकै १५ वर्षीया बालिका र १८ वर्षीया युवतीले भदौ १३ गते नै जिल्ला प्रहरी कार्यालय, पाल्पामा जाहेरी दर्ता गराएका थिए । राम्रो काम मिलाइदिने भन्दै लगेर आफूहरुलाई बुटवलका बिभिन्न होटलमा अरुसँग पैसा असुलेर यौन कार्यमा लगाएको र पैसा लिएर आफूहरुलाई बेच्ने तयारी भएको थाहा पाएपछि भागेर आएको पीडितले जाहेरीमा उल्लेख गरेको डिएसपी तिम्सिनाले बताए । आरोपितहरूलाई मानव बेचबिखन तथा ओसार पसार ऐनअर्न्तगत कारबाही अगाडि बढाइने उनले बताए । पीडितहरूको १४ गते नै जिल्ला अस्पताल, पाल्पामा स्वास्थ्य परीक्षण गरिएको छ ।

0 Comments