Incident Reports

वीरगञ्जमा आन्दोलनकारी र प्रहरीबीच झडप

2015-08-31

Madhes, Parsa, Birgunj

वीरगञ्जको नग्मास्थित बाईपास सडकमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले २५ राउन्ड हवाई फायर र एक दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ । हिजो राति पनि बाईपास सडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । हिजो भएको झडपमा एक शसस्त्र प्रहरीसहित एक दर्जन घाइते भएका थिए । आन्दोलनकारीले प्रहरी चौकीमा आक्रमण गर्न खोजेपछि प्रहरीले रबरको गोली चलाएको छ। रबरको गोली लागेर एक जना घाइते भएका छन्। नगवा-१० का कृष्ण पटेल घाइते भएको र उनको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको बताइएको छ। उनको टाउको र हातमा रबरको गोली लागेको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms , Other
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 12
National/Online Media

0 Comments