Incident Reports

कथित बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार

2015-08-30

Madhes, Parsa, Jirabhawani, Ward 7

सेढवा गाविस- ६ निवासी ४० वर्षीया रीतादेवी साहलाई छिमेकी ४५ वर्षीया सरीतादेवी, ४० वर्षीया शीलादेवी, १७ वर्षीया रीनाकुमारी साह, २१ वर्षीया गुडियाकुमारी साहलगायतले भदौ १३ दिउँसो बोक्सीको आरोपमा दुर्व्यवहार गरेका छन् । नेपाली काङ्ग्रेसका सेढवा बुथ इकाईका सभापति सत्यनारायण साहको परिवारमा उनकी भतिजी २० वर्षीया गुडीकुमारी साह बेलाबेलामा बेहोस हुने रोगबाट पीडित छन् । साह परिवारले छोरी बोक्सीको टुनामुनाका कारण बिरामी भएको ठानी छिमेकी रीतादेवीलाई बोक्सी लगाई दिएको भन्दै हिजो दिउँसो उनकै घरमा पसेर भूतालेको पीडित परिवारको भनाइ छ । तर, सत्यनारायणका परिवारले कसैलाई बोक्सी किटेर गाली नगरेको तर्क गरेका छन् । गाउँघरमा बोक्सी भनेर गाली गर्ने चलन छ । चर्को स्वरमा गाली गर्ने पनि चलन भएकोले त्यस्तो गाली गरेको हो कसैलाई किटानी गरेर बोक्सी नभनेको सत्यनारायण साहको भनाइ छ । तर, झगडा शनिबारको रातमा रीतादेवीले आफ्नो घरमा पानी फालेकोले भएको सत्यनारायण साहले बताए । पीडितले सत्यनारायण साह, रामनारायण साहलाई पनि बिपक्षी बनाई इलाका प्रहरी कार्यालय सेढवामा जाहेरी दिएका छन । इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी सहायक निरीक्षक मोहन थापाले दुवै पक्षलाई राखेर छलफल गरेर दुवै पक्षलाई सहमत गराउने प्रक्रिया शुरु गरेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments