Incident Reports

समाचारको विषयमा पत्रकारलाई धम्की

2015-08-30

Gandaki, Parbat, Kushma

बर्राचौर गाविस-३ घर भई सदरमुकामबाट प्रकाशित हुने सूचना केन्द्र डटकम अनलाईन पत्रिकाका सञ्चालक २६ वर्षीय बैकुण्ठ गिरीलाई स्थानीय युवराज जोशीले भदौ १३ गते आफ्नो विरुद्ध समाचार लेखेको भन्दै मार्ने धम्की दिएका छन् । विद्युतीय सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएका पत्रकार गिरीले भाद्र १२ गते "सभासद्का भाइसहित ६ जना जुवाखालबाट पक्राउ" शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर आफूलाई मार्ने धम्की दिएको पीडित गिरीले बताए । धम्कीपछि पीडित पत्रकार गिरीले जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासङ्घमा भदौ १३ गते लिखित उजुरी दिएका छन् । पत्रकार महासङ्घले एक विज्ञप्ति प्रकाशन गरी धम्कीको निन्दा र भत्सर्ना गर्दै स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments