Incident Reports

महोत्तरीमा बन्दकर्ताले मोटरसाईकललाई पनि छोडेनन्

2015-09-03

Madhes, Mahottari, Mahottari

वन्दकर्ताहरुले जलेश्वर सिनेमाहल चोकमा बिहीबार दिउँसो आधा दर्जन मोटरसाइकलमा तोडफोड गरेका छन् बन्दकर्ताहरुले बिहीबार विहानैदेखि सिनेमाहल चोकमा प्रदर्शन सुरु गरिरहँदा जलेश्वरबाट जनकपुरतर्फ जान खोजेको ज५प ७५८७ नम्वरको मोटरसाइकल र भारतीय नम्वरको एक मोटरसाइकलसहित आधा दर्जन मोटरसाईकलमा प्रर्दशनकारीहरुले तोडफोड गरेका छन्। प्रर्दशनकारीको तोडफोडबाट मोटरसाइकलको भाइजर, ट्यांकी र मोटरसाइकलको विभिन्न भाग क्षति ग्रस्त बनेको छ। प्रर्दशनकारीहरुले अहिले सिनेमाहल चोकमा मोटरसाइकल, प्रेस एम्वुलेन्सको सवारी साधन समेत चल्न दिएका छैनन्। दुई दिनदेखि तनावपूर्ण रहेको जलेश्वरको अन्य चोकहरु भने अहिलेसम्म शान्त रहेको देखिएको छ। सम्भावित घटनाहरुलाई ध्यानमा राख्दै जलेश्वर प्रत्येक चोकहरुमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। मंगलबार र बुधबार जलेश्वर तनावग्रस्त बनेको थियो। यता बन्द २१ औं दिन पनि जारि रहँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ। वन्दका कारण जलेश्वरका प्रमुख सडकहरु सुनसान देखिएका छन्। चोकहरुमा फाटफुटरुपमा यात्रु पर्खेर बसेका रिक्सा वाहेक अन्य सवारी साधन चलेको देखिएको छैन्। सिनेमाहल चोकमा बन्दकर्ताले मोटरसाइकलमासमेत तोडफोड गर्न थालेपछि अहिले मोटरसाईकल पनि न्युन मात्रामा चलेका छन्। अत्यावश्यक काम परे मात्र सर्वसाधारणहरु घर वाहिर निस्कने गरेका छन्। निरन्तरको वन्दका कारण पसल उद्योग धन्धा र कलकारखाण ठप्प छन्। लम्बिदो बन्दका कारण यहाँ पेट्रोलिय पदार्थ , खाद्यान्न , तरकारीको अभाव भएको छ। बन्दको क्रममा यी वस्तुहरुको अभाव भएपछि लुकाईछिपाई केही व्यापारिहरुले पेट्रोलियम पदार्थको कलोवजारी समेत गर्न थालेका छन्। १ सय ४ रुपैंयामा बिक्री हुने पेट्रोल अहिले २ सय देखि दुई सय पचास रुपैंयामा बिक्री गर्न थालिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 6
Severely damaged Vehicles 6
National/Online Media

0 Comments