Incident Reports

जोरपाटीमा गोली चल्यो

2015-09-07

Bagmati, Kathmandu, Kathmandu, Ward 6

काठमाडौंको जोरपाटीमा आइतबार साँझ गोली चलेको छ। जोरपाटीमा साँझ सकडमै गोली चलाउने दोलखाको बिगु गाविसका तेन्जिङ शेर्पालाई प्रहरीले चाइनिज पेस्तोलसहित पक्राउ गरेको छ। गोली लागेर एकजना सामान्य घाइते भएको जानकारी प्रहरीले दिएको छ। गोली किन चल्यो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। शेर्पालार्इ गोकर्णेश्वसर नगरपालिका-११ स्थित आमा हेलम्बु बसपार्क नजिकैको लामा पेट्रोल पम्पबाट प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जानकारी पाएपछि तत्काल प्रहरीको टोली परिचालित भइसकेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम कार्कीले अन्नपूर्ण पोस्ट्लाई बताए । दुर्इ समूहबीचको विवादमा गोली चलेको प्रहरीले जनाएको छ। लेनदेनको व्यक्तिगत विवादमा गोली चलेको हुनसक्ने आशंका गरिएको छ। ‘गोली चलेको जानकारी आएको छ’, एसएसपी कार्कीले भने, ‘प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेकाले विस्तृत विवरणा आउन केही समय लाग्छ ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports