Incident Reports

महिलाको हत्या,शवसंगै घर जलाएर प्रमाण मेट्ने प्रयास

2015-09-09

Lumbini, Palpa, Tansen

झपेन्द्र ढकालसहित चिकित्सक टोली घटनास्थल पुगेको छ। दर्जीका पति एक वर्ष पहिले गाउँकै खेतमा मृत फेला परेका थिए। दुई छोरीको बिहे भैसकेको र पतिको निधन भएपछि दिब्या घरमा एक्लै बस्दै अाएकी थिइन्। घटनास्थलमा खटिएका प्रहरीका अनुसार घरभित्र अगेना छेउमा हत्या गरेर कम्बल र कपडाले पुरेर अागो लगाइएको देखिन्छ। उनले टेलिफोनमा भने, ‘घटनास्थल हेर्दा उनको हत्या गरेर घरभित्रका लत्ता कपडाले लास छोपेर अागो लगाइएको छ,’ उनले भने ‘घरभित्र अागो लगाएर घरै जलाउने योजना बनाएको जस्तो देखिन्छ।’ खरले छाएको सानो घरभित्र घटना भएको हो। स्थानीय शरद भट्टराईका अनुसार दिब्याको मंगलबार नै हत्या भएको देखिन्छ। ‘बुधबार बेलुकासम्म खोरका बाख्रा र कुखुरा निकालिएको रहेनछ,‘ उनलेभ भने, ‘मंगलबार राति नै घटना भएको हुनुपर्छ।‘ घटनास्थलबाट फलामको गल (रड) र काठको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ। अागोले शरीरको अाधा भाग डढेको छ। दिब्याले पुरस्कार बुझ्न पाइनन् छिमेकी गाउँ बाैघामा भएको महिला समूहको तीज गीत प्रतियोगितामा दिब्या सदस्य रहेको मिलिजुली महिला समूहले पुरस्कार जितेको थियो। बुधबार पुरस्कार बुझ्ने समारोहमा दिब्या उपस्थित थिइनन्। छेमेकी जमुना दर्जीले दिब्याको प्रमाणपत्र र एकहजार पुरस्कार लिएर घरमै छोड्न गएको थिइन्। उनले चिच्याएर बोलाउँदा घरभित्रबाट अावाज अाएन। झ्यालबाट हेर्दा डढेको कपडाको थुप्रोमा च्यापिएकी दिब्या देखेपछि घटना बाहिर अाएको हो। दिब्या महिला समूहमा मादल बजाउने र गाउने गर्थिन्।


Update...... पाल्पामा महिलाको हत्या गरेर घरभित्रै जलाउने भारतबाट पक्राउ बौघागुम्हा-३ छेर्लुङकी ५० वर्षीया दिब्याकुमारी दर्जीका हत्यारा पक्राउ परेका छन्। गत भदौ २२ गते राती साढे दशबजे डल्ले भनेर चिनिने गाउँकै ४२ बर्षीय चेतबहादुर बरालले उनको हत्या गरेको खुलेको छ। हत्याको दश दिनपछि अभियुक्त भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन्। अभियुक्त चेतबहादुर भारतमा नोकरी गर्थे। हत्या पछि उनी भागेर पञ्जाब पुगेको खबर पाएपछि पाल्पाबाट खटिएका प्रहरी टोलीले भारतमै पुगेर उनलाइ पक्रेका हुन्। घर विदामा अाएका चेतबहादुरले सामान्य लेनदेनको विषयलाई लिएर दिब्याको हत्या गरेको स्विकारेका पाल्पाका प्रहरी प्रमुख डिएसपि सुमन कुमार तिम्सिनाले बताए। अभियुक्त चेतबहादुरलाई कर्तव्य ज्यान मुद्दा लगाइएको तिम्सिनाले बताए। घटना भएको रात बराल खेतमा पानी लगाएर राती साढे ८ बजे मदिरा पिएर दिब्याको घरमा पुगेका थिए। मृतकको शरीर जलेको अवस्था र घटनास्थलमा रगतका छिटा भेटिएको थियो। DSC05887 अभियुक्त चेतबहादुरसँगै भारतसम्म पुगेर पक्राउ गर्ने प्रहरी टोलिका सदस्यहरू। तस्विर साैजन्यः मुक्ति न्याैपाने प्रहरीका अनुसार प्रमाण नष्ट गर्न महिलाको शवसँगै सिंगो घर नै जलाउने चेतबहादुरले योजना बनाएका थिए। महिलाको शवलाइ लत्ता कपडाले पुरेर अागो लगाएपछि उनी बाहिरबाट चुकुल लगाएर त्यहाँबाट हिडेका थिए। खरले छाएको सानो घरभित्र घटना भएको हो। हत्याको अनुसन्धानका लागि डिएसपी सुमनकुमार तिम्सिनासहितको प्रहरी टोली छेर्लुङस्थित दिब्याको घरमा पुगेका थिए। गाउँलेले घटनाकै रात चेतबहादुर गाउँबाट गायब भएका र उनको मोबाइल पनि स्विच अफ रहेको बताएपछि उनीमाथि अनुसन्धान थालिएको थियो। अभियुक्त चेतबहादुरले प्रयोग गरेको भारतीय सीमकार्डका अाधारमा उनलाइ सीमावर्ती इलाकाबाट पक्राउ गरिएको टोलिमा खटिएका सवइन्सपेक्टर प्रकाश सिम्खडाले बताए। गाउँमा डल्ले नामले चिनिने चेतबहादुर बराल १२ वर्षदेखी भारतमा नोकरी गर्दै अाएका थिए। पत्नीसँग सम्बन्ध राम्रो नभएपछि छोरा र पत्नी माईतमा बस्दै अाएका थिए भने १४ वर्षकी छोरी उनीसँग बस्थिन। चेतबहादुरले दिब्याका पतीले सापटी लिएको रकम बारम्बार माग्थे। दिब्याका पतिको एकबर्ष पहिले मृत्यु भएको थियो। दुई छोरीको बिहे भैसकेको र पतिको निधन भएपछि दिब्या घरमा एक्लै बस्दै आएकी थिइन् । घरमा एक्लै बस्दै अाएकी दिब्यालाइ पैशा माग्दै उस्ले याैन दुर्व्यवहार गर्नेगरेको खुलेको छ। दिब्याकुमारी दर्जीको हत्या गरेर उनको शवलाई घरभित्रै जलाइएको थियो। मृतकको शरीर जलेको थियो। घटनास्थलमा रगतका छिटा भेटिएका थिए। घरभित्र अगेना छेउमा हत्या गरेर कम्बल र कपडाले पुरेर अागो लगाइएको थियो। हत्याको अर्को दिन बेलुका खोरमा थुनिएका बाख्रा र कुखुरा कराएपछि छिमेकी दिब्याको घर पुग्दा घटना थाह भएको हो। घटनास्थलबाट फलामको गल (रड) र काठको धारिलो हतियार फेला परेको थियो। अागोले शरीरको अाधा भाग डढेको थियो।पाल्पा बाैघागुम्हा-३ छेर्लुङकी ५० वर्षीया दिब्याकुमारी दर्जीको हत्या गरेर उनको शवलाई घरभित्रै जलाइएको छ। बुधबार बेलुका करिब ७ बजे अाफ्नै घरभित्र दिब्या मृत फेला परेकी थिइन्। घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार मृतकको शरीर जलेको छ। घटनास्थलमा रगतका छिटा भेटिएका छन्। मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान सुरु गरिएको उनले बताए। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका डा. झपेन्द्र ढकालसहित चिकित्सक टोली घटनास्थल पुगेको छ। दर्जीका पति एक वर्ष पहिले गाउँकै खेतमा मृत फेला परेका थिए। दुई छोरीको बिहे भैसकेको र पतिको निधन भएपछि दिब्या घरमा एक्लै बस्दै अाएकी थिइन्। घटनास्थलमा खटिएका प्रहरीका अनुसार घरभित्र अगेना छेउमा हत्या गरेर कम्बल र कपडाले पुरेर अागो लगाइएको देखिन्छ। उनले टेलिफोनमा भने, ‘घटनास्थल हेर्दा उनको हत्या गरेर घरभित्रका लत्ता कपडाले लास छोपेर अागो लगाइएको छ,’ उनले भने ‘घरभित्र अागो लगाएर घरै जलाउने योजना बनाएको जस्तो देखिन्छ।’ खरले छाएको सानो घरभित्र घटना भएको हो। स्थानीय शरद भट्टराईका अनुसार दिब्याको मंगलबार नै हत्या भएको देखिन्छ। ‘बुधबार बेलुकासम्म खोरका बाख्रा र कुखुरा निकालिएको रहेनछ,‘ उनलेभ भने, ‘मंगलबार राति नै घटना भएको हुनुपर्छ।‘ घटनास्थलबाट फलामको गल (रड) र काठको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ। अागोले शरीरको अाधा भाग डढेको छ। दिब्याले पुरस्कार बुझ्न पाइनन् छिमेकी गाउँ बाैघामा भएको महिला समूहको तीज गीत प्रतियोगितामा दिब्या सदस्य रहेको मिलिजुली महिला समूहले पुरस्कार जितेको थियो। बुधबार पुरस्कार बुझ्ने समारोहमा दिब्या उपस्थित थिइनन्। छेमेकी जमुना दर्जीले दिब्याको प्रमाणपत्र र एकहजार पुरस्कार लिएर घरमै छोड्न गएको थिइन्। उनले चिच्याएर बोलाउँदा घरभित्रबाट अावाज अाएन। झ्यालबाट हेर्दा डढेको कपडाको थुप्रोमा च्यापिएकी दिब्या देखेपछि घटना बाहिर अाएको हो। दिब्या महिला समूहमा मादल बजाउने र गाउने गर्थिन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports