Incident Reports

एमएम प्लाष्टिक उद्योगमा आक्रमण, सुरक्षागार्ड घाइते

2015-09-09

Province 1, Morang, Biratnagar, Ward 2

संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले विराटनगर उमनपा-१८ मलाया रोडस्थित एमएम प्लाष्टिक उद्योगमा आक्रमण गर्दा त्यहाँ कार्यरत सुरक्षागार्ड उमेश विश्वकर्मा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । करिब २ सयको सङ्ख्यामा रहेका प्रदर्शनकारीले उद्योगमा आक्रमणको प्रयास गरेका थिए । घटना लगत्तै पुगेको प्रहरीले आन्दोलनकारीलाई तितरबितर पारेको थियो । उद्योग आक्रमणमा संलग्न रहेको आरोपमा विराटनगर उमनपा-१९ का ४८ वर्षीय जगदीश साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए । आन्दोलनरत पक्षले दुई जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको दाबी गरेका छन् । यसैबीच विराटनगर उमनपा-१७ रोडशेष चोकमासमेत आन्दोलनकारीले सडक अवरुद्ध गरी नाराबाजी गर्दा भीडलाई तितरबितर गर्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य जयराम यादवले आन्दोलनकारीलाई आतङ्कित पार्ने उद्देश्यले प्रहरीले अश्रुग्याँस र हवाइफायर गरेको दाबी गरे । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको उनले आरोप लगाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total Injured 1
INSEC

0 Comments