Incident Reports

एजेन्टलाई आन्दोलनकारीको धम्की

2015-09-11

आन्दोलनकारीले धम्की दिएपछि अधिकांश एजेन्टहरूले सोमबारदेखि काम गर्न छाडेको वीरगन्ज भन्सार एजेन्ट संघका अध्यक्ष विजय साहले बताए। वीरगन्ज भन्सार एजेन्ट संघमा ९२ जना एजेन्टहरू आबद्ध छन्। अध्यक्ष साहले आफूलाइ पनि आन्दोलनकारीले टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको बताए। 'आन्दोलनकारीका नाममा विभिन्न व्यक्तिले पटकपटक फोन गरेर काम नगर, होइन भने गोली हानेर मारिदिन्दौं भनेर भनेर धम्क्याइरहेका छन', उनले भने, 'धम्की दिने वीरगन्जकै मधेसी दलका नेताहरू हुन्।' धम्कीका कारण सोमबारदेखि अधिकांश एन्जेटले काम नै नगरेको उनले बताए। असुरक्षाका कारण अधिकांश एजेन्टको मोबाइल स्विच अफ रहेको अध्यक्ष साहले जानकारी दिए। आन्दोलनकारीको धम्कीका कारण काम गर्न छाडेपछि भन्सार विभागले लाइसेन्स नै सिज गरिदिने भन्दै धम्क्याइरहेकाले आफूहरू दोहोरो चेपुवामा परेको एजेन्टहरूको गुनासो छ। 'काम गर्‍यो भने आन्दोलनकारीले ज्यान मार्ने धम्की दिन्छन्', अध्यक्ष साहले भने, 'काम गरेन भने भन्सार विभागले लाएसेन्स नै खारेज गरिदिन्छु भनेर चेतावनी दिन्छ । हामी त दोहोरो चेपुवामा परेका छौं।' स्थानीय एजेन्टहरूले काम गर्न छाडेपछि केही उद्योगी र व्यपारीले बाहिरबाट एजेन्ट मगाएर भन्सारबाट मालसामानको जाँचपास गराइरहेको उनले बताए। आन्दोलनकारीका तर्फबाट आएको धम्कीका बारेमा स्थानीय प्रहरी प्रशासनमा जानकारी गराइसकेको अध्यक्ष साहले बताए। 'प्रहरी प्रशासनले कार्यस्थलमा सुरक्षा दिन्छौं, काम गर्नुस भन्छ', उनले भने, ‘तर त्यो सुरक्षा कति दिनसम्म काम लाग्छ भन्नुस त ? घर र कार्यालय ओहोरदोहोर गर्दा कसले सुरक्षा दिने?' एजेन्ट संघले मंगलबार विज्ञप्ति निकालेर मधेस आन्दोलनप्रति आफ्नो समर्थन र ऐक्यबद्धता जनाएको थियो। यति गर्दा पनि आन्दोलनकारीबाट धम्की आउने क्रम नरोकिएको अध्यक्ष साहले बताए।एजेन्टहरूले काम नगर्दा भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानहरू भन्सारमै थन्किएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बताए। 'एजेन्ट भनेका उद्योगी, व्यापारीका प्रतिनिधि हुन्, उनीहरूले नै काम नगरेपछि आयात गरिएको सामान भन्सारमा अड्किएर बसेका छ', उनले भने, ‘यस बारेमा पनि हामी विकल्प खोज्दै छौं।' एजेन्टहरूले काम गर्न छाडेपछि भन्सार कार्यालयको कामकाज पनि प्रभावित भएको भन्सार कार्यालयका प्रमुख मीत्रलाल रेग्मीले बताए। 'काम पुरै ठप्प त भएको छैन, व्यापारीहरू आफै वा आफ्ना प्रतिनिधि पठाएर काम गराइरहेका छन्', रेग्मीले भने। मधेसी दलका नेताहरूले भने कुनै पनि भन्सार एजेन्टलाइ धम्की नदिएको बताएका छन्। काम बन्द गरेर आन्दोलनलाई समर्थन र सहयोग गर्नुस भन्ने आग्रह मात्र गरिएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments