Incident Reports

रेडियो अन्‍नपूर्णको भ्यानमा तोडफोड

2015-09-11

Bagmati, Kathmandu, Kathmandu

अन्‍नपूर्ण मिडिया नेटवर्क अन्तर्गत सञ्चालित रेडियो अन्नपूर्ण नेपाल ९४ मेघाहर्जको भ्यानमा शुक्रबार राती न्यूरोड गेट अगाडि एक अज्ञात समूहले आक्रमण गरेको छ। गुडिरहेको गाडीमा इट्टा प्रहार गर्दा भ्यानको अगाडिको सिसा फुटेको छ। 'अचानक ड्याम्म सिसामा आवाज आयो र गाडी असन्तुलित भयो। धन्न रोक्न सके। गाडी रोकेपछि चार जना जतिको समूह न्यूरोडतिर भाग्दै गल्लीभित्र छिरे', चालक रमेश गिरीले भने -'त्यसपछि प्रहरीलाई खबर गरें।' प्रहरीले आक्रमणकारीलाई खोजी भइरहेको बताएको छ। न्यूरोडस्थित जनसेवा वृत्तका डिएसपी विनोद घिमिरेले रेडियो अन्नपूर्णसंगको कुराकानीमा भने-'रातीको समयमा लुकेर आक्रमण गरेको देखिन्छ। आक्रमण गर्ने समूहको खोजी कार्य भइरहेको छ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports