Incident Reports

प्रहरी चौकी जलाउन गएका तमलोपा सभासद्सहित चार पक्राउ

2015-09-12

Madhes, Sarlahi, Kabilasi

सर्लाहीको कविलासी प्रहरी चौकी तोडफोड गर्न गएका तमलोपा सभासद्सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकीमा तोडफोड गरेर आगजनी गर्न खोज्दा सभासद् जंगिलाल राय, तमलोपाका विनय कर्ण, अनिश साथी र विजय रायलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार खडकाले बताए। असाइको कमाण्डमा ६ जना मात्र प्रहरी रहेको कविलासी प्रहरी चौकीमा शनिबार ४ बजे मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरी तोडफोड गर्दै आगजनीको प्रयास गरेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरीएको प्रहरीले जनाएको छ। अवस्था बिग्रिन नदिन जिल्ला प्रहरी कार्यालय सर्लाही, नजिकका प्रहरी इकाइ, सशस्त्र सीमा सुरक्षा कार्यालय कविलासीबाट सशस्त्र प्रहरी घटना स्थलमा पुगेको छ। मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दको क्रममा सर्लाहीमा शुक्रबारदेखि आन्दोलन हिंस्रक बन्न थालेको छ। शुक्रबार सर्लाहीको हरिपुर्वास्थित अस्थायी प्रहरी पोष्टमा तोडफोड गरी आगजनी गरेका थिए। प्रहरी पोष्टमा आगनि भएपछि हरिपुर्वाका प्रहरी पोष्टलाई मोहनपुर प्रहरी चौकीमा गाभिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments