Incident Reports

एक महिनापछि दाङका विद्यालय खुले

2015-09-13

Lumbini, Dang, Ghorahi

एक महिनापछि दाङ देउखुरी क्षेत्रका विद्यालय आज (आईतवार)देखि संचालनमा आएका छन्। प्रादेशिक सीमांकनको विरोध गर्दै साउन २७ गते यता थरूहट/थारूवान संयुक्त संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालिन आम हड्तालका कारण विद्यालय यो बिचमा एक दिन पनि सञ्चालनमा आउन सकेका थिएनन्। तर जिल्लाकै तुलसीपुर,घोराही तथा अन्य क्षेत्रमा भने यसअघि नै शैक्षिक संस्थाहरु सञ्चालनमा आइसकेका थिए। लामो सयमदेखि शैक्षिक संस्था ठप्प पार्दा विद्यार्थीको पढ्न पाउन अधिकार खोसिएको भन्दै अधिकारकर्मिहरुले त्यसको विरोध गर्दै आएका थिए। आजदेखि देउखुरीको लमही,भालुवाङ लगायतका क्षेत्रमा पनि शैक्षिक संस्था खुलेपनि यातायात, बजार, कलकारखाना बन्द भने यथावत रहेको बन्द आयोजकहरुले बताएका छन्।

0 Comments