Incident Reports

कांग्रेस पार्टी कार्यलय नजिक कुकर बम, चार घन्टापछि निस्क्रिय

2015-09-14

सिरहा– ७ मा रहेको नेपाली काँग्रेस पार्टी कार्यालय नजिक राखिएको प्रेसर कुकर बम चोहर्वास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले केही बेर अगाडि निस्क्रिय पारेको छ । बम निस्क्रिय बनाउने क्रममा भएको आवजले सिरहा थर्केको थियो। सिरहा प्रहरी प्रमुख रामकृपाल साहका अनुसार उक्त बम शक्तिशाली बम थियो । 'झोलामा राखिएको शंकास्पद वस्तुबारे हामीलाई दिउँसो साढे दुई बजे खबर आएको थियो,' एसपी साहले भने,' प्रहरीले उतm स्थानलाई घेरा हाली राखेको चार घण्टापछि सेनाको टोलीले निस्क्रिय पारेको छ।' स्थानीय नविन यादवका अनुसार बम निस्क्रिय पारेपछि आएको आवजले सिरहा बजार थर्केको थियो। बमको आतंकले सिरहावासी त्रसित बनेको उनले बताए। सिरहा प्रहरी प्रमुख साहले भने,'दिउँसै कसले र कसरी बम राखे अनुसन्धान भैरहेको छ ।' बमबारे समयमै सूचना आएकोले कुनै प्रकारको क्षति नभएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments