Incident Reports

बाबुले गरे दुईवर्षे छोराको कुटेर हत्या

2015-09-15

एक बाबुले आफ्ना दुईवर्षे छोराको निर्घात कुटपिट गरेर हत्या गरेका छन् । खोटाङ घर भई राजधानी बस्दै आएका हरिधन राईले कुटपिट गरेर छोराको हत्या गरेका हुन् । श्रीमती घरमा नभएका वेला शनिबार राईले नाबालक छोरालाई कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भए पनि उपचार गर्न अस्पताल नलगी घरमै बसिरहेका वेला श्रीमती आइपुगेपछि उनले नै छोरालाई उपचारका लागि अस्पताल लगेकी थिइन् । बालकको उपचारका क्रममा आइतबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो । वीर अस्पतालमा छोरा भर्ना गरेलगत्तै हरिधन भने फरार भएका थिए । प्रहरीले उनलाई महाराजगन्जबाट शनिबार दिउँसो पक्राउ गरिसकेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर धर्मराज भण्डारीका अनुसार राईकी श्रीमती पुष्पा अफिसबाट फर्किएपछि बच्चालाई बेहोस अवस्थामा फेला पारेकी थिइन् । त्यसपछि अस्पताल पुर्‍याइएको थियो । बालकको अवस्था गम्भीर भएको भन्दै सिभिल अस्पतालले वीर अस्पतालमा रिफर गरेपछि हरिधन भागेका थिए । बच्चाको टाउको र चिउँडोमा चोट लागेको थियो । प्रहरीका अनुसार योजनाबद्ध रूपमा नै उनले छोरालाई कुटपिट गरेर मारेको देखिन्छ । पहिलेदेखि नै उनी छोरा र श्रीमतीलाई कुट्दै आएका थिए । अर्कैसँगको अवैध सम्बन्धबाट छोरो जन्माएको भन्दै उनले श्रीमतीलाई यातना दिने गरेका थिए । सोही विषयमा विवाद हुँदा उनले यसअघि पनि पटक–पटक छोरालाई कुटेका थिए । करिब दुई वर्ष वैदेशिक रोजगारीका क्रममा कतार बसेर उनी गत महिना मात्र फर्किएका थिए । फर्किएलगत्तै बच्चा आफ्नो नभएको भन्दै उनले झगडा सुरु गरेको श्रीमती पुष्पाले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Totally damaged Vehicles 00
National/Online Media

0 Comments