Incident Reports

बालिका अपहरण घटनाकी आरोपित गिरफ्तार

2015-09-17

Gandaki, Gorkha, Gorkha, Ward 10

६ वर्षीया एक बालिकालाई अपहरण गरेको आरोपमा धनकुटा जिल्ला पिपलटार गाविस-८ की १८ वर्षीया सिमरन सुनारलाई भदौ ३१ गते प्रहरीले गिरफ्तार गरेको छ । ताकुकोट गाविस ८ घर भई गोरखा नपा- १ पँदेली बस्दै आएकी आएकी छ वर्षीया स्मृति बरामलाई भदौ ३० गते सुनारले घरबाटै अपरहरण गरेकी थिइन् । बालिका अपहरणमा परेको भन्दै आफन्तले खोजी र उद्धारका लागि प्रहरीमा खबर गरेकोमा प्रहरीले सबै ठाउँ तथा नाकामा बालिकाको फोटो र हुलियासहित खोजीका लागि सूचना जारी गरेको डीएसपी बसन्त रजौरेले बताए । बालिकालाई अपहरण गरी भदौ ३० गते गोरखा सदरमुकामबाट साँझ तनहुँको आँबुखैरेनी लगेको र ३१ गते बिहानै काठमाण्डौँ पुगी पुन फर्केर नुवाकोट जाँदा प्रहरीले चेकजाँचका क्रममा सुनारलाई बालिका सहित फेला पारेको थियो । आरोपितलाई गिरफ्तार गरी किन र के कारणले अपरहरण गरिएको भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments