Incident Reports

भौतिक कारबाही गर्ने सभासद्को चेतावनी

2015-09-20

Madhes, Saptari, Balan Bihul, Ward 4

 मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य एवम् रौतहट क्षेत्र नम्बर २ का सभासद मोहमद मुस्ताक आलमले बन्दुकको भरमा निमार्णय भएको संविधानको खुशियालीमा दीपावली गर्नेलाई भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् । गृहजिल्ला रौतहटको मठिआ गाविस-६ महुलियामा असोज १ गते आयोजित राजकिशोर ठाकुरको श्रदाञ्जली सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । वर्तमान सरकारले चार दर्जन बढी मधेसीको हत्या गरेको र मधेसीको आवाज कुल्चन सेना र पुलिसको भरमा संविधान निर्माण गरेकाले त्यस्तो संविधानको खुशियाली मनाउनेहरूलाई भौतिक कारबाहीको चेतावनी उनले दिएका छन् । देशको ५० प्रतिशतको हाराहारीमा रहेका मधेसी जनताको सपुत छोराहरूलाई निर्मम हत्या गरेर मधेसीको लाशमाथि ठड्याउन लागेको संविधानलाई मधेस र मधेसीलाई कुनै हालतमा मान्य नहुने र यो संविधानको आयु ३ महिनामात्र भएको सभासद् आलमले दावी गरे । मधेसको जायज माग विपरित पार्टी अध्यक्ष बिजयकुमार गच्छदारले सरकारसँग सहमति गरेमा आफूले पार्टीको कुनै व्हीप नमान्ने समेत सो अवसरमा आलमले बताए । मधेस आन्दोलनको सिलसिलामा स्थानीय प्रशासनले लगाएको दंगाग्रस्त क्षेत्र उल्लंघन गर्दै प्रदर्शन गर्ने क्रममा गत भदौ ८ गते प्रहरीले चलाएको गोली लागी मृत्यु भएका २० वर्षीय राजकिशोर ठाकुरको सम्झनामा मठियास्थित उनकै गाउँमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । बिपिन गौतम

0 Comments

Related Reports